यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७३ चैत ६ गते

२३ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भोजपुर नपा-५ भगेरीका ३२ वर्षीय मुकेश सुवाललाई चैत ६ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले माघ १ गते र फागुन ९ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित महिलाले चैत १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

पीडित महिलाको स्वास्थ्य परीक्षण चैत २ गते जिल्ला अस्पतालमा भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी काजीकुमार आचार्यले बताए ।


किरण राई