यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले काठमाडौँ चन्द्रगिरी नगरपालिका-७ स्थायी घर भई हाल चौतारा साँगाचोकगढी नगरपालिका-९ कदमबास स्थित लमाचौर बस्ने ३० वर्षीय राजिव रिजाललाई भदौ ८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले भदौ ५ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले आरोपितविरूद्ध भदौ ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि उक्त उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरिएको सो कार्यालयका डिएसपी माधव काफ्लेले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ ६ गते चौतारा अस्पतालमा गरिएको प्रहरीले जनायो ।


नातिबावु धिताल