यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

दुई वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मालिका गाउँपालिका-२ का २१ वर्षीय काकाविरूद्ध पीडित पक्षले भदौ ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेको छ ।

पीडित बालिकालाई आरोपितले भदौ ६ गते यौन दुर्व्यवहार गरेको भन्दै सोही दिन जिल्ला प्रहरी कार्यालयमा दिएको मौखिक उजुरी पश्चात भदौ ६ गते आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी दिपककुमार बस्नेतले बताए ।

पीडित बालिकाको यौनाङ्गबाट रगत बगेको देखेपछि आफन्तले प्रहरीमा खबर गरेका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण र उपचार भदौ ७ गते गुल्मी अस्पतालमा गरिएको थियो ।


टोपलाल अर्याल