यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७३ चैत ४ गते

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले इन्द्रावती गाउँपालिका-७ सिपापोखरे स्थित छाचोकका ८२ वर्षीय टिकानाथ आचार्यलाई चैत ४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकाले चैत २ गते इलाका प्रहरी कार्यालय नवलपुरमा यौन दुर्व्यवहार गरेको आरोपमा आचार्यविरुद्ध उजुरी दिएकी थिइन् । आरोपित आचार्यले माघ ६ गते र फागुन २० गते यौन दुर्व्यवहार गरेको पीडित बालिकाले आरोप लगाएकी छन् ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत २ गते चौतारा अस्पतालमा भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्याम अधिकारीले बताए ।


नातिबावु धिताल