यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा बेतकोट नपा-११ का ३० वर्षीय महादेव नाथलाई भदौ २२ गते प्रहरीले गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई भदौ २२ गते आरोपितले यौन दुर्व्यवहार गरेको आरोपमा सोही दिन पीडित बालिकाका अभिभावकले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

पीडित बालिकाका अविभावकले दिएको उजुरीका आधारमा आरोपित महादेवलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी तुलसीप्रसाद अधिकारीले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ २२ गते महाकाली अञ्चल अस्पतालमा गरिएको अधिकारीले बताए ।


कोमलनिरञ्जन भाट