यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले महालक्ष्मी नगरपालिका– ९, लामाटारका ७१ वर्षीय शिवप्रसाद घिमिरेलाई जेठ २१ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले जेठ १५ गते यौन दुर्व्यवहार गरेको पीडित पक्षले आरोप लगाएको छ । आरोपितविरूद्ध पीडित पक्षले जेठ १९ गते महानगरीय प्रहरी वृत्त सातदोबाटोमा उजुरी दिएको सो वृत्तका डिएसपी गौतम मिश्रले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ १९ गते नै पाटन अस्पताल, ललितपुरमा गरिएको अस्पतालले जनाएको छ ।


दीपकप्रसाद घिमिरे