यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७६ जेठ ८ गते

२६ वर्षीया महिलालाई सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मोदी गाउँपालिका–६ का २६ वर्षीय सुरेन्द्र नेपालीलाई जेठ ६ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले म्यासेज मार्फत अश्लील सामग्री पठाई दुर्व्यवहार गर्ने गरेको भन्दै पीडितले जेठ ६ गते महानगरीय प्रहरी परिसर, टेकु, काठमाडौँमा उजुरी दिएकी थिइन् ।

पीडित पक्षको उजुरी पछि परिसरको समन्वयमा गिरफ्तार गरिएका नेपालीलाई प्रहरीले जेठ ७ गते विद्युतीय ऐन अन्तर्गत अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर, टेकु काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय, पर्वतका एसपी श्यामु अर्यालले जानकारी दिए ।


सन्तोष थापा