यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बाकाचोल गाविस-७ का ३० वर्षीय मीनबहादुर पुरीलाई फागुन ६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले फागुन-४ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले फागुन ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका सई मनोज यादवले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन ७ गते जिल्ला अस्पताल खोटाङमा गरिएको प्रहरीले जनाएको छ ।


सुनिता मगर