यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले जलजला गाउँपालिका–३ माझफाँटका २८ वर्षीय दिपक छन्त्याललाई वैशाख १८ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले वैशाख १७ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितले वैशाख १८ गते प्रहरीमा उजुरी दिएकी थिइन् ।

पीडित पक्षको उजुरी पश्चात् आरोपितलाई गिरफ्तार गरी घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, पर्वतका इन्स्पेक्टर राजन रायमाझीले जानकारी दिए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण वैशाख १८ गते नै पर्वत जिल्ला अस्पतालमा गरिएको छ ।


सन्तोष थापा