यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अरोपमा प्रहरीले साल्पासिलिछो गाउँपालिका–३ भोजपुरका २५ वर्षीय सुरेन्द्र राईलाई माघ ७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले माघ ६ गते यौन दुर्व्यवहार गरी भागेको पीडित पक्षको आरोप छ । पीडित पक्षले माघ ७ गते आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा माघ ७ गते गरिएको छ ।


बाबुराम बास्तोला