यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरको आरोपमा प्रहरीले फिदिम नपा-७ का २९ वर्षीय सञ्जिव तुम्बापोलाई साउन २७ गते गिरफ्तार गरेको छ ।

पीडितका आफन्तले दिएको सूचनाका आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी कृष्णप्रसाद कोइरालले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण तथा उपचार जिल्ला अस्पताल पाँचथरमा साउन २७ गते गरिएको छ ।

पीडितका आफन्तले साउन २७ गते आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । पीडित बालिकालाई असार २२ गते आरोपितले मादक पदार्थ सेवन गरेर दुर्व्यवहार गरेको पीडितका आफन्तले बताए ।

स्थानीयको दबाबका कारण समयमा उजुरी दिन नसकेको पीडितका अभिभावकले बताए ।

   


मङ्गल बेघा