यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको घटनालाई पुस २० गते स्थानीयको मिलेमतोमा गाउँमै मिलाइएको घटना अहिले सार्वजनिक भएको छ ।
घटना गुपचुप रूपमा गाउँघरमै मिलाइए पनि गाउँका अगुवाले यस विषयमा सामाजिक सञ्जालमा पोष्ट गरेपछि र प्रशासनलाई खबर गरेपछि घटना व्यूँतिएको छ । घटना बारे प्रहरी र महिला तथा बालबालिका कार्यालयले गम्भीर चासो जनाएपछि घटना अहिले अनुसन्धान तहमा आइपुगेको छ ।
पीडित बालिकालाई चितवन गीतानगरका १८ वर्षीया मङ्गल ब्लोनले गत पुस २० गते यौन दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनले आरोपितलाई पुस २२ गते गिरफ्तार गरेको छ ।
गाँउलेले युवालाई सजाय भन्दै सानो कट्टु मात्र लगाउन लगाएर 'कुखुरा बनाइ' उठबस गराएका थिए । 'आरोपितलाई पुस २२ गते नै हामीले गिरफ्तार गरी अनुसन्धान थालेका छौँ ।'-जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दिपक थापाले भने-'घटनाको वास्तविक अवस्था बुझ्ने प्रयास गरिरहेका छौँ ।' यस घटनामा पीडित पक्षबाट हालसम्म उजुरी परेको छैन ।
उजुरी नपर्नुको कारण गाउँघरको घटना भएको र पीडित डराएको हुन सक्ने अनुमान गरिएको एसपी थापाले बताए । साथै उनले पीडित पक्षले जाहेरी नदिएपनि प्रहरी प्रतिवेदनको आधारमा अनुसन्धान प्रक्रिया अघि बढाइने बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षणका लागि अस्पताल पठाउने तयारी भएको एसपी थापाले बताए ।
दिपेन्द्र अधिकारी
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार गरेको कसुरमा दुई महिना कैद सजाय फैसला
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले रत्ननगर नगरपालिका-१३ बस्ने ४५ वर्षीय विष्णुबहादुर रानाभाटलाई ०७९ चैत १२ गते दुई महिना कैद सजाय हुने…
बलात्कार गरेको कसूरमा सात वर्ष कैद फैसला
२० वर्षीया युवतीलाई बलात्कार गरेको कसूरमा नारायण नगरपालिका–६ काँडाचौरका २१ वर्षीय राहुल सार्कीलाई दैलेख जिल्ला अदालतले सात वर्ष कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको चैत १२ गतेको इजलासबाट…
पत्रकार कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
गजुरी गाउँपालिका-१ निवासी नेपाल पत्रकार महासङ्घ धादिङका सदस्य तथा ग्यालेक्सी फोरके टेलिभिजनका संवाददाता ३४ वर्षीय विकास रौनियारलाई अवैध बालुवा उद्योगको समाचार र भिडियो खिचेको भनि कुटपिट गरेको आरोपमा सोही ठाउँका…
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ को प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुषको संख्या…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४३ वर्षीय चैत १० गते गिरफ्तार गरेको छ । आरोपितले बहुविवाह गरेर छुट्टै बस्दै आएकोमा चैत ७ गते घरमै पुगेर बलात्कार प्रयास…