यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले थालाजुङ गाविस-२ का नेत्रबहादुर भण्डारीलाई पुस १७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपित भण्डारीले पुस १७ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितका अभिभावकले फोनमार्फ मौखिक उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यलय गोरखाका डिएसपी विरेन्द्र थापाले जानकारी दिए ।

पीडितकी आमाले पुस १८ गते जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दर्ता गराएकी छिन् । पीडित बालिकाको स्वास्थ परीक्षण पुस १८ गते जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।


हरिराम उप्रेती