यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७३ मङ्सिर १४ गते

आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा तान्द्रा-४ मझिमथोकका ६७ वर्षीय विष्णुप्रसाद लामिछानेलाई प्रहरीले मङ्सिर १२ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले मङ्सिर ९ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले मङ्सिर १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

पीडित बालिकाका अभिभावकको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी जनकराज पाण्डेयले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर १२ गते जिल्ला अस्पतालमा गरिएको पनि एसपी पाण्डेयले बताए ।


हरिराम उप्रेती