यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

   ०७५ भदौ ३० गते

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कुश्मा नगरपालिका–१ का २३ वर्षीय रामबहादुर किसानलाई गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले भदौ २८ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीमा मौखिक उजुरी दिएलगत्तै आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका इन्सपेक्टर सुरज खत्रीले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ २९ गते जिल्ला स्वास्थ्य कार्यालय पर्वतमा गरिएको छ ।


सन्तोष थापा