यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चौरजहारी नपा-२ का १९ वर्षीय केशव बस्नेतलाई भदौ २४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले भदौ २२ गते यौन दुर्व्यवहार गरेको र नक्कली पेस्तोल देखाएर धम्की दिएको भन्दै पीडित पक्षले भदौ २२ गते इलाका प्रहरी कार्यालय चौरजहारीमा उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरीपछि आरोपितलाई घरबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका इन्स्पेक्टर ऋषिकुमार ढुङ्गानाले बताए ।

पीडितलाई पहिले ललाई फकाई गरेको र नमानेपछि हातपात गरेको पीडित पक्षले आरोप लगाएको छ । पीडितको स्वास्थ्य परीक्षण चौरजहारी अस्पातालमा भदौ २२ गते गरिएको प्रहरीले जनाएको छ ।


मनिषा केसी