यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
कक्षा १० मा अध्ययनरत १५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पाल्पा जिल्ला तानसेन नपा–९ मदन पोखरा घर भई बुटवल उमनपा–११ स्थित ज्ञानकुञ्ज सेकेण्डरी बोर्डिङ स्कुलका प्रिन्सिपल ४६ वर्षीय तोयाराम पौडेललाई भदौ १३ गते गिरफ्तार गरेको छ ।
घटनाका विषयमा पीडित बालिकाका बुवाले भदौ १३ गते आरोपितविरूद्ध उजुरी दिएको र घटनाको सुक्ष्म अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयका डिएसपी डिलबहादुर मल्लले बताए ।
गत जेठ २ गतेबाट विद्यालयको होस्टलमा सात जना साथीहरूसँगै बस्दै आएकी छात्रालाई पटकपटक आरोपितले एक्लै बोलाएर यौन दुर्व्यवहार गरेको पीडित बालिकाले बताएकी छन् ।
पीडित बालिकालाई आरोपितले पटकपटक गरेको यौन दुर्व्यवहारका कारण बालिका एकोहोरिने, अस्वभाविक रूपमा डराउने गरेपछि परिवारका सदस्यले सोधेपछि घटनाबारे बताउदै आफूलाई छात्राबासमा नराख्न बुवालाई मनाउन दाजुसँग आग्रह गरेपछि घटना बाहिर आएको हो ।
आरोपितले साउनको २६ गते राति बोलाएर यौन दुर्व्यवहार गर्नुको साथै बलात्कार प्रयास गरेको र आफू भागेर जोगिएको बताइन् । उनले घटनाका विषयमा कसैलाई नभन्न भनी धम्की समेत दिएको बताइन् ।
आरोपितले गल्ती स्वीकार गर्दै घटना बाहिर नल्याउन भदौ १३ गते बिहान पीडितको घरमा पुगेर आग्रह गरेको पीडितकी हजुरआमाले बताइन् ।
भदौ १३ गते अभिभावकहरूले विद्यालयमा घेराबन्दी गर्दा प्रहरीसमेत तैनाथ गरिएको थियो । पीडित बालिकको स्वास्थ्य परीक्षण भदौ १३ गते लुम्बिनी अञ्चल अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।
रीमा बि.सी.
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला
१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तुलसीपुर उमनपा–१५ का २३ वर्षीय दिपक विश्वकर्मालाई सात वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश टिकेन्द्र दाहालको इजलासले माघ…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रोशी गाउँपालिका–१२, भिमखोरीका ५२ वर्षीय आफन्तलाई प्रहरीले ०८१ माघ २४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले माघ ८ गते बलात्कार प्रयास…
आगलागीले घर नष्ट भएपछि दलित परिवारको बिचल्ली !
आगलागीले घर नष्ट भएपछि दलित परिवारको बिचल्ली भएको छ । धुर्कोट गाउँपालिका–१, खर्कटोल नयाँगाउँकी अनिता परियारको घर जलेर नष्ट भएपछि दैनिक जीवन कष्टकर बनेको छ । माघ २३ गते साँझ एक्कासी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सहीदभूमि गाउँपालिका-६,आँखीसल्लाका ३१ वर्षीय नरेन्द्र राईलाई माघ २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ माघ २ गते बलात्कार गरेको आरोपमा…
केवलकार निर्माण विवाद : माघ २७ गते वार्ता, गिरफ्तारीमा परेका तीन जना रिहा
पाथीभरा(मुकुम्लुङं) क्षेत्रमा केवलकार निर्माणको विषयलाई लिएर आन्दोलनरत पक्षसँग नेपाल सरकारले माघ २२ गते गरेको सहमतिका आधारमा प्रहरीले तीन जनालाई रिहा गरेको छ । पहिचानवादी मोर्चाका ताप्लेजुङ जिल्ला संयोजक तेहृथुमका प्रदीप…