यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७५ असार १७ गते

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुटवल उप-महानगरपालिका-१७ का २६ वर्षीय दिनेश भन्ने टोपबहादुर कुँवरलाई असार १६ गते मोतिपुबाट गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असार १५ गते यौन दुर्व्यवहार गरेको र पीडित चिच्याएपछि भागेको भनी पीडित बालिकाकी आमाले असार १६ गते इलाका प्रहरी कार्यालय रुपन्देहीमा उजुरी दिएकी थिइन् ।

पीडित बालिकाको आमाले दिएको उजुरीका आधारमा कारबाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय बुटवलका सई बाबुराम पुरीले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असार १६ गते लुम्बिनी अञ्चल अस्पताल बुटवलमा गरिएको सई पुरीले बताए ।


रीमा बिसी