यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले इलाम नगरपालिका-५ का ४३ वर्षीय अणप्रसाद तिवारीलाई जेठ १४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई जेठ १३ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितका आफन्तले उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रमेश बस्नेतले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परिक्षण जेठ १४ गते नै जिल्ला अस्पतालमा गरिएको छ ।


कोकिला ढकाल