यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा फर्से गाविस-७ का ६३ वर्षीय मिस्टर मियाँ भनिने मो. जमाललाई प्रहरीले कात्तिक १७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले कात्तिक १७ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालयमा कात्तिक १७ गते मौखिक उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । पीडित पक्षले कात्तिक १८ गते लिखित उजुरी दिएको छ ।


मनोहरकुमार पोखरेल