यौन दुर्व्यवहार घटनाका आरोपित गिरप्फ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई वैशाख २५ गते गिरफ्तार गरेको छ ।

विद्यालयबाट घर फर्कदैँ गरेको अवस्थामा वैशाख २४ गते आरोपित बालकबाट यौन दुर्व्यवहारमा परेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडितको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भिमकिरण बोगटीले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख २६ गते जिल्ला अस्पातलमा गरिएको छ ।


जीवन सेजुवाल