यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७३ कात्तिक ९ गते

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा जौवारी-४ लाङदीका १९ वर्षीय जमिर थापालाई प्रहरीले कात्तिक ७ गते गिरफ्तार गरको छ ।

पीडित बालिकालाई कात्तिक ५ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले प्रहरीमा कात्तिक ६ गते उजुरी दिएका थिए ।

प्रहरीमा उजुरी आएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी विरेन्द्र थापाले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक ८ गते गोरखा अस्पतालमा गरिएको पनि प्रहरीले जनाएको छ ।


हरिराम उप्रेती