यौन दुर्व्यवहार गरेको कसुरमा २ वर्ष ६ महिना कैदको फैसला

  ०७९ भदौ २२ गते

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला अदालतले दाङ जिल्ला घोराही उपमहानगरपालिका–२ घर भइ काठमाडौँ बस्ने ३२ वर्षीय पल शाह भनिने पुर्णविक्रम शाहलाई २ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ ।

न्यायाधीश यज्ञप्रसाद आचार्यको भदौ २१ गतेको इजलासले शाहलाई २ वर्ष ६ महिना कैद सजाय र १० लाख रुपियाँ क्षतिपुर्तिको फैसला सुनाएको हो ।

पीडित बालिकाले शाहविरुद्ध दिएको बलात्कारको आरोपमा भने अदालतले शाहलाई सफाई दिएको छ ।

०७७ चैत ७ गते गैँडाकोटस्थित एक रिसोर्टमा शाहले बालिकालाई बलात्कार गरेको भन्दै शाहविरुद्ध ०७८ फागुन १५ गते इलाका प्रहरी कार्यालय गैँडाकोट, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा पीडित बालिकाले उजुरी दिएकी थिइन् ।


तिर्थराज डुम्रे