यौन दुर्व्यवहार गरेको कसुरमा तीन वर्ष कैदको फैसला

  ०७८ कात्तिक २९ गते

३० वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको कसुर ठहर गदै जिल्ला अदालतले कात्तिक २५ गते सरुमारानी गाउँपालिका –३ का २९ वर्षीय हरिभैया मगरलाई तीन वर्ष कैदको फैसला गरेको छ ।

न्यायाधीश श्यामलाल घिमिरेको इजलासले तीन वर्ष कैद सजायको फैसला गरेको जिल्ला अदालतका अधिकृत तुलबहादुर गुरुङ्गले बताउनु भयो ।

पीडितलाई आरोपितले ०७८ भदौ २१ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरी आरोपितलाई भदौ २२ गते घरबाट गिरफ्तार गरी जबरजस्ती करणी शीर्षकमा भदौ ३० गते जिल्ला अदालतमा मुद्दा दर्ता गरकोमा जबरजस्ती करणी उद्योगमा परिणत भई फैसला भएको जिल्ला अदालतका अधिकृत गुरुङले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण भदौ २२ गते जिल्ला अस्पताल बिजुवारमा  गरिएको थियो ।


रविन्द्र पाण्डे