यौन दुर्व्यवहार गरेको कसुरमा ६ वर्ष ३ महिना कैदको फैसला

  ०७८ भदौ ३० गते

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुर ठहर गदै जिल्ला अदालतले भदौ ३० गते १७ वर्षीय बालकलाई ६ वर्ष  ३ महिना कैदको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश श्यामलाल घिमिरेको इजलासले ६ वर्ष ३ महिना कैद र १ लाख ५० हजार रुपियाँ क्षतिपूर्ती पीडितलाई भराउने र १० हजार रुपियाँ पीडित राहात कोषमा जम्मा गर्ने फैसला गरेको जिल्ला अदालतका अधिकृत तुलबहादुर गुरुङ्गले बताउनु भयो ।

पीडितलाई आरोपितले ०७७ माघ २३ गते बलात्कार गरेको भन्दै पीडितपक्षले माघ २४ जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरी आरोपितलाई माघ २४ गते घरबाट गिरफ्तार गरेको थियो ।

जिल्ला अदालतमा जवरजस्ती करणी अभियोगमा मुद्दा दर्ता गरेकोमा जबरजस्ती करणीको मुद्दा आंशिक दावी पुग्ने भएकोले जबरजस्ती करणी उद्योगमा फैसला भएको जिल्ला अदालतका अधिकृत तुलबहादुर गुरुङ्गले बताउनु भयो ।

जिल्ला अदालतले ०७७ फागुन ७ गते आरोपितलाई  पुर्पक्षकालागि भक्तपुरस्थित  बाल सुधार गृहमा पठाएको थियो ।

पीडतको स्वास्थ्य परीक्षण ०७७ माघ २४ गते जिल्ला अस्पताल बिजुवारमा गरिएको थियो ।


रविन्द्र पाण्डे