यौन दुर्व्यवहार गरेको कसुरमा सात वर्ष ६ महिना कैदको फैसला
पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा गर्दै सूर्योदय नपा-१० का १८ वर्षीय योगेन्द्र प्रधानलाई जिल्ला अदालतले सात वर्ष ६ वर्षकैदको सजाय सुनाएको छ ।
न्यायाधीश नवराज दाहालको इजलासले चैत ६ गते प्रधानमाथिको मुद्दामा सुनुवाइ गर्दै उक्त फैसला सुनाएको हो ।
अदालतले मुलुकी ऐनको जबरजस्तीकरणी महलको ५ नम्बर बमोजिम कसुर गरेको ठहर गर्दै सोही ३(१) ले तोकेको सजायको आधा सजाय साँढे सात वर्षकैद फैसला सुनाएको अदालतका श्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिए ।
पीडित बालिकालाई प्रधानले ०७३ जेठ ४ गते यौन दुर्व्यवहार गरेको आरोपमा अदालतमा मुद्दा परेको थियो ।
कोकिला ढकाल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सहीदभूमि गाउँपालिका-६,आँखीसल्लाका ३१ वर्षीय नरेन्द्र राईलाई माघ २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ माघ २ गते बलात्कार गरेको आरोपमा…
केवलकार निर्माण विवाद : माघ २७ गते वार्ता, गिरफ्तारीमा परेका तीन जना रिहा
पाथीभरा(मुकुम्लुङं) क्षेत्रमा केवलकार निर्माणको विषयलाई लिएर आन्दोलनरत पक्षसँग नेपाल सरकारले माघ २२ गते गरेको सहमतिका आधारमा प्रहरीले तीन जनालाई रिहा गरेको छ । पहिचानवादी मोर्चाका ताप्लेजुङ जिल्ला संयोजक तेहृथुमका प्रदीप…
रोजगारीबाट पति घर नफर्किएपछि परिवारको बिचल्ली
भेरी नगरपालिका-११, महतारागाउँका अमृत टमटा रोजगारीको सिलसिलामा सात वर्षसम्म घर नफर्किएपछि परिवारको बिचल्ली भएको छ । सात वर्षअघि रोजगारीको सिलसिलामा मलेशिया गएका ४२ वर्षीय अमृत टमटा परिवारसग सम्पर्कविहिन भएपछि परिवार…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२१ वर्षीया युवतीलाई सामाजिक सञ्जाल मार्फत दुर्व्यवहार गरेको आरोपमा दाङ जिल्लाको लमही नगरपालिका-५ का २१ वर्षीय रवि सिंह रसैलीलाई प्रहरीले ०८१ माघ २४ गते गिरफ्तार गरेको छ । आरोपितले म्यसेजिङ…
बलात्कार गरेको कसूरमा कैद सजायको फैसला
१६ वर्षीया बौद्धिक अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको कसूरमा जानकी गाउँपालिका—२ का ७१ वर्षीय गजबहादुर मगरलाई ०८१ माघ २३ गते १० वर्ष कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत,…