यौन दुर्व्यवहार गरेको कसुरमा चार वर्ष कैद सजायको फैसला
१९ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले अर्जुनचौपरी गाउँपालिका–३ का २७ वर्षीय ख्यामबहादुर नेपालीलाई चार वर्ष कैद सजायको फैसला सुनाएको छ ।
जिल्ला अदालत स्याङजाका न्यायाधीश सुर्यबहादुर थापाको वैशाख १५ गतेको इजलासले कसुर ठहर गर्दै आरोपितलाई चार वर्ष कैद सजाय र २५ हजार क्षतिपुर्तीको साथै ८ सय रुपियाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला गरेको जिल्ला अदालत स्याङ्जाका श्रेस्तेदार विश्वप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
पीडितलाई आरोपितले ०७७ कात्तिक २५ गते दुर्व्यवहार गरेको भन्दै पीडितले आरोपितविरुद्ध कात्तिक २६ गते जिल्ला प्रहरी कार्यालय स्याङजामा उजुरी दिएकी थिइन ।
पीडितको उजुरीपछि प्रहरीले आरोपितलाई गिरफ्तार गरी उनीविरुद्ध सरकारी वकिलको कार्यालय मार्फत जिल्ला अदालत स्याङजामा जबरजस्तीकरणी उद्योग शीर्षकमा मुद्धा दर्ता गरेको थियो ।
आरोपित जिल्ला अदालत स्याङजाको आदेशले मङ्सिर १७ गतेबाट पुर्पक्षको लागि जिल्ला कारागारमा रहेको श्रेस्तेदार रेग्मीले बताउनुभयो ।
तिलकुमारी थापा
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले वेलवारी नगरपालिका–८ का २१ वर्षीय सन्तोष नेपालीलाई साउन २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन २३ गते प्रलोभनमा पारी बलात्कार…
कोशी कोभिड अस्पतालबाट एक जना कैदी फरार
विराटनगर महानगरपालिका–१८ का ४५ वर्षीय लक्ष्मण दास कोशी कोभिड अस्पताल परिसरबाट साउन २५ गते फरार भएको अस्पताल प्रशासनले जनाएको छसाउन २० गते कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि कोशी कोभिड…
न्याय पाउने आश मार्दै द्वन्द्व पीडित, छोरा हराएको १७ वर्षपछि अन्तिम संस्कार
०६३ मङ्सिर ५ गते तत्कालीन विद्रोही समूह र नेपाल सरकारबिच विस्तृत शान्ति सम्झौता भइ राखेको दृश्य टेलिभिजनले प्रसारण गर्दा विराटनगर महानगरपालिका–३ का तुलसीप्रसाद आपागाँइलाई न्याय पाउने ठूलो आशा थियो ।…
कुटपिट गरेको आरोपमा शिक्षकसहित दुई जना गिरफ्तार
जनज्योती मावि कक्षा १२ मा अध्ययनरत विद्यार्थी राजपुर गाउँपालिका–३ का १९ वर्षीय मन्साराम यादवलाई बन्धक बनाएर कुटपिट गरेको आरोपमा प्रहरीले उक्त विद्यालयका शिक्षक राजपुर गाउँपालिका–२ का ३७ वर्षीय पाटेश्वर यादव…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २६ गते)
साउन २६ गते ४ सय ६५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९२ हजार १ सय ४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…