यौन दुर्व्यवहार गरेको कसुरमा तीन वर्ष कैदको फैसला

  ०७३ माघ २६ गते

१५ वर्षीया एक बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका  चुलाचुली गाविस- ७ का ५६ वर्षीय कर्याकुरूक भनिने लाभे राईलाई जिल्ला अदालतले तीन वर्ष कैद सजाय सुनाएको छ ।

न्यायाधीश नवराज दाहालको इजलासले माघ २६ गते राईको मुद्दामाथि सुनुवाइ गर्दै मलुकी ऐन जबरजस्तीकरणी महलको १, ५ नम्बर अनुसार कसुर ठहर गर्दै सोही महलको ३(३) बमोजिम हुने सजायको ३(५) नम्बर बमोजिम हुन आउने सजाय तीन वर्ष कैद फैसला गरेको अदालतका श्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिए ।

पीडित बालिकालाई ०७३ साउन १३ गते ती बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले राईलाई साउन २१ गते गिरफ्तार गरेको थियो ।

 


कोकिला ढकाल