यौन दुर्व्यवहार गरेको कसुरमार नौ महिना कैद सजायको फैसला

  ०७६ फागुन १५ गते

७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले फिदिम नगरपालिका– १ का ३७ वर्षीय सञ्जीवकुमार श्रेष्ठलाई फागुन १४ गते नौ महिना कैद सजायको फैसला गरेको छ ।

न्यायधीश मोहनराज भट्टराईको इजलासले कैद सजायसँगै कसुरदारबाट ४० हजार रुपियाँ पीडितले पाउने गरी क्षतिपूर्ति र १० हजार रुपियाँ जरिबाना भराउन आदेश भएको अदालतका सूचना अधिकारी याम चौहानले बताउनुभयो ।

आरोपितले ०७६ साउन २५ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध साउन २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । आरोपितलाई प्रहरीले साउन २५ गते गिरफ्तार गरी साउन २७ गते यौन दुर्व्यवहार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।

जिल्ला अदालतको ०७६ भदौ १५ गतेको आदेशमा आरोपित दुई लाख रुपियाँ धरौटी बुझाएर तारेखमा रिहा भएका थिए । पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन २७ गते गरिएको थियो ।


मङ्गल वेघा