यौन दुर्व्यवहार गरेको कसुरमा २ वर्ष ६ महिना कैद सजायको फैसला

  ०७६ कात्तिक ५ गते

२४ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेका कसुर ठहर गर्दै कात्तिक ४ गते जिल्ला अदालत प्यूठानले गौमुखी गाउँपालिका—२ का २६ वर्षीय जगत परियारलाई २ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ ।

न्यायाधीश विष्णुप्रसाद गौतमको इजलासले सो फैसला गरेको श्रेष्तेदार सिता रेग्मीले बताइन् । परियारले गत जेठ २८ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितका आफन्तले जेठ २९ गते जिल्ला प्रहरी कार्यालय प्यूठानमा उजुरी दिएका थिए ।

प्रहरीले उनलाई जेठ २९ गते घरैबाट गिरफ्तार अदालत पेश गरेकोमा जिल्ला अदालतले ०७६ असार १२ गते पुर्पक्षका लागि थुनामा कारागार पठाएको थियो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल बिजुवारमा जेठ २९ गरिएको थियो ।


रविन्द्र पाण्डे