यौन दुर्व्यवहार गरेको कसुरमा तीन वर्षकैदको फैसला

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले भेरी नपा-१२ कुदुका २७ वर्षीय तुला सुनार र २० वर्षीय नैन सुनारलाई जनही तीन वर्षकैद र २०/२० हजार रुपियाँ जरिवानाको सजाय सुनाएको छ ।

न्यायाधीश देवकुमार गिरीको इजलासले आरोपितद्वयलाई असार १६ गते दोषी ठहर गर्दै सजाय सुनाएको जिल्ला अदालत, जाजरकोटले जनाएको छ ।

पीडित बालिकालाई आरोपितद्वयले ०७५ फागुन २६ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित बालिकाका आफन्तले सोही दिन जिल्ला प्रहरी कार्यालय, जाजरकोटमा मौखिक उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरीपछि प्रहरीले आरोपितलाई फागुन २६ गते नै गिरफ्तार गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन २७ गते जिल्ला अस्पताल, जाजरकोटमा गरिएको थियो ।


दिनेशकुमार श्रेष्ठ