यौन दुर्व्यवहार गरेको कसुरमा १ वर्ष कैदको फैसला
१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको ठहर गर्दै जिल्ला अदालत बागलुङले काठेखोला गाउँपालिका–१ पालाका ३५ वर्षीय बलबहादुर रानालाई १ वर्ष कैद सजाय र १० हजार रुपियाँ क्षतिपुर्तिको फैसला गरेको छ ।
न्यायाधीश प्रकाशप्रसाद पण्डितको जेठ २१ गतेको इजलासले सो फैसला गरेको जिल्ला अदालतले जनाएको छ ।
पीडित बालिकालाई आरोपितले ०७५ माघ २३ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले माघ २५ गते जिल्ला प्रहरी कार्यालय, बागलुङमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीपछि प्रहरीले आरोपित बलबहादुरलाई सोही दिन घरबाटै गिरफ्तार गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ २५ गते धौलागिरी अञ्चल अस्पताल, बागलुङमा गरिएको थियो ।
सिर्जना पन्त
सम्बन्धित समाचारहरू
केवलकार निर्माण विवाद : प्रहरीको गोली प्रहारबाट एक जना घाइते, आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते
पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा केवलकार निर्माण विवादका क्रममा प्रहरीको गोली प्रहारबाट एक जना र आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते भएका छन् । केलवकार निर्माण गर्न नदिने पक्षले ०८१ माघ १२…
बलात्कार प्रयास घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी
४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पाँचपोखरी थाम्पाल गाउँपालिका-८ का ४१ वर्षीय पदमबहादुर तामाङविरुद्ध माघ ११ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले…
बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता
३० वर्षीया महिलालाई माघ ९ गते बलात्कार गरेको आरोपमा कालिञ्चोक गाउँपालिका-६ स्थायी घर भई भीमेश्वर नगरपालिका-६ बस्ने २८ वर्षीय मनिकुमार थामीविरुद्ध माघ ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भयो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मेलम्ची नपा-८ का २८ वर्षीय फुलमान गोलेलाई माघ १२ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले गत असार ४ गते बलात्कार गरेको…
परीक्षाको मुखमा विज्ञान शिक्षक नहुँदा विद्यार्थी पढाइबाट वञ्चित
गुल्मीमा अङ्ग्रेजी, विज्ञान र गणित विषय अध्यापन गराउने शिक्षकहरू पाउँनै मुस्किल हुन थालेको छ । सदरमुकाम तम्घास र छिमेकमा समेत मुख्य बिषयमा शिक्षकको सङ्कट रहेको छ । जसको कारण परीक्षाको…