यौन दुर्व्यवहार गरेको कसुरमा २ वर्ष ६ महिना कैदको फैसला

  ०७३ पुस १२ गते

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा नारायणी नपा-१० जगतपुरका ३२ वर्षीय कृष्ण परियारलाई जिल्ला अदालतले २ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश टेकनारायण कुँवरको इजलासले पुस १२ गते यस्तो फैसला सुनाएको अदालतले जनाएको छ ।

पीडित बालिकालाई गत मङ्सिर १० गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिका आफैले मङ्सिर १२ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएकी थिइन् ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर १५ गते भरतपुर अस्पतालमा गरिएको थियो । आरोपितलाई पीडित पक्षको मौखिक उजुरीका आधारमा चितवन प्रहरीले मङ्सिर ११ गते गिरफ्तार गरेर मुद्दा चलाएको थियो ।


दिपेन्द्र अधिकारी