यौन दुर्व्यवहार गरेको कसुरमा डेढ वर्ष कैदको फैसला

  ०७५ फागुन २१ गते

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा मोदी गाउँपालिका–८ चित्रेका २० वर्षीय राजेश नेपालीलाई जिल्ला अदालतको फागुन १९ गतेको फैसलाले १ वर्ष ६ महिना कैद र १५ हजार रुपियाँ क्षतिपुर्ति सहित १५ हजार जरिबानाको सजाय सुनाएको छ ।

पीडित बालिकालाई आरोपितले गत मङ्सिर २६ गते यौन दुर्व्यवहार गरेको आरोपमा पुस २ गते जिल्ला अदालतमा यौनजन्य अपराध शीर्षकमा मुद्दा दर्ता गरिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस १ गते जिल्ला स्वास्थ्य कार्यालय पर्वतमा गरिएको थियो ।


सन्तोष थापा