यौन दुर्व्यवहार गरेको कसुरमा २ वर्ष ६ महिनाको कैद सजाय

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले कात्तिक २८ गते रामग्राम नपा–१७ फुलवरियाका २० वर्षीय विजय थारू केवटलाई २ वर्ष ६ महिना कैदको सजाय र २० हजार रुपियाँ क्षतिपूर्ति दिलाउने समेत आदेश भएको छ ।

पीडितलाई केवटले २०७४ चैत २३ गते यौन दुर्व्यवहार गरेको भन्दै चैत २५ गते जिल्ला प्रहरी कार्यालयमा पीडित पक्षले उजुरी दिएको थियो ।

आरोपितलाई गिरफ्तार गरी अनुसन्धान पछि ०७५ वैशाख २१ गते अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि कारागारमा रहेका केवटलाई न्यायाधीश खडकबहादुर केसीले उक्त फैसला सुनाएका हुन् ।


नारायण पराजुली