यौन दुर्व्यवहार गरेको कसुरमा एक वर्ष कैदको फैसला

  ०८१ मङ्सिर २३ गते

नौ वर्षीया बालिकालाई बाल यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले मङ्सिर २३ गते धुनीबेसी नगरपालिका–७ का ७८ वर्षीय ज्येष्ठ नागरिकलाई एक वर्ष कैद गर्ने फैसला गरेको छ ।

न्यायाधीस गोपालप्रसाद बास्तोलाको इजलासले कसुरदारलाई एक वर्ष कैद, २० हजार रुपियाँ जरिबाना र ५० हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति दिनुपर्ने फैसला गर्नुभएको जिल्ला अदालतका सूचना अधिकारी ध्रुब सुवेदीले जानकारी दिनु भयो ।

पीडितलाई कसुरदारले ०८१ कात्तिक ४ गते यौन दुर्व्यवहार गरेको आरोपमा कसुरदारविरुद्ध पीडित पक्षले कात्तिक ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण धादिङ अस्पतालमा कात्तिक ५ गते गरिएको छ ।


सीताराम अधिकारी