यौन दुर्व्यवहार गरेको कसुरमा २२ दिन कैद सजायको फैसला
११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले सुन्दरहरैंचा नगरपालिका-१२ खोर्सानेका ७३ वर्षीय नन्दलाल लुईटेललाई २२ दिन कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायधीश उद्धवप्रसाद भट्टराईको ०८१ असोज १६ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै १० हजार रुपियाँ जरिबाना र पीडितले पाउने गरी कसुरदारबाट २५ हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताउनु भयो ।
पीडित बालिकालाई नन्दलालले ०८१ वैशाख १९ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध जेठ २२ गते प्रहरीमा दिएको उजुरी दिएको थियो ।
घटनाका दोषी नन्दलाललाई प्रहरीले जेठ २२ गते गिरफ्तार गरी जिल्ला अदालतमा ०८१ असार १३ गते यौन दुर्व्यवहार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।
जिल्ला अदालतका न्यायधीश उद्धवप्रसाद भट्टराईको ०८१ असार १४ गतेको इजलासले ५० हजार रुपियाँ धरौटी माग गरेको थियो ।
आरोपित सोही दिन धरौटी बुझाएर रिहा भएका थिए ।
पीडितको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा ०८१ जेठ २२ गते गरिएको थियो ।
विनोद सुवेदी
सम्बन्धित समाचारहरू
अज्ञात पक्षको गोली प्रहारबाट एक जना घाइते
देवानगञ्ज गाउँपालिका-३ का ४० वर्षीय शैलेश भगतमाथि अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । व्यवसायी भगतमाथि ०८१ माघ २९ गते अज्ञात पक्षले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका…
बालविवाह घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बालविवाह गरेको आरोपमा पाल्हीनन्दन गाउँपालिका-४, कुश्माका २४ वर्षीय अमरजीत हरिजनलाई प्रहरीले ०८१ माघ ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २८ गते ललाई फकाई…
सामूहिक हत्या गरी आत्महत्या
भुमे गाउँपालिका–४ का आठ महिनाका बालक समिर बुढा र उहाँकी बज्यै ६० वर्षीया ढाँटी बुढाको हत्या आरोप लागेका भुमे गाउँपालिका–४ का ५१ वर्षीय चन्द्रसिंह पुनले आत्महत्या गरेका छन् । घरनजिकै…
बलात्कार गरेको कसुरमा १६ वर्ष ८ महिना कैद सजायको फैसला
१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १७ वर्षीय बालकलाई १६ वर्ष ८ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको ०८१ माघ २९ गतेको…
ट्रमा सेन्टर सञ्चालन नगरिदा सेवाग्राहीलाई सास्ती
पाटन नगरपालिका–८ खोड्पेमा रहेको ट्रमा सेन्टर आवश्यक उपकरण र जनशक्तिको अभावका कारण पाँच वर्षदेखि सञ्चालनमा आउन सकेको छैन् । जसका कारण सुदूरपश्चिम प्रदेशका दार्चुला, बैतडी र बझाङ जिल्लाका सेवाग्राहीहरुले सास्ती…