यौन दुर्व्यवहार गरेको कसुरमा नौ वर्ष कैद

  ०८१ भदौ २९ गते
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार  गरेको कसुरमा जिल्ला अदालतले  भदौ २८ गते त्रिपुरासुन्दरी गाउँपालिका–१ का ५२ वर्षीय राजु श्रेठलाई नौ  वर्ष कैद गर्ने फैसला गरेकाे छ ।
न्यायाधीश मनकुमारी जिएम बिककाे भदाै २८ गतेकाे इजलासले श्रेष्ठलाई नौ वर्ष कैद र ३ लाख ५० हजार रुपियाँ जरिबाना  गर्ने फैसला गरेकाे छ । उक्त इजलासले पीडितलाई कसुरदारबाट १ लाख रुपियाँ क्षतिपूर्ति भराउने समेत फैसा गरेकाे छ ।
पीडितलाई श्रेष्ठले ०८१ वैशाख २४ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय सल्यानटारमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख २५ गते धादिङ अस्पतालमा गरिएको थियो ।

सीताराम अधिकारी