यौन दुर्व्यवहार गरेको कसुरमा पाँच वर्षकैद सजायको फैसला

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका तर कालिकोट जिल्ला अदालतबाट सफाई पाएका कालिकोट लालुका २० वर्षीय राजेन्द्रबहादुर शाहीलाई असार २९ गते उच्च अदालत सुर्खेत जुम्ला इजलासले पाँच वर्षकैद सजायको फैसला सुनाएको छ ।

पीडित बालिकालाई आरोपितले ०७२ पुस ११ यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले उजुरी दिएका थिए ।

कालिकोट जिल्ला अदालततले ०७३ असार १३ गते राजेन्द्रलाई अपराधी करार गर्न प्रमाण नपुगेको भन्दै मागदावीविरुद्ध सफाइको फैसला सुनाएका थिए ।

पीडित पक्षले जिल्लामा आफूहरूले न्याय नपाएको भन्दै उच्च अदालत सुर्खेत इजलास जुम्लामा रिट दायर गरेको थियो ।

उच्च अदालतले राजेन्द्रका विरुद्ध सङ्कलित प्रमाण, मेडिकल रिपोर्ट र साक्षीको बयानका आधारमा यौन दुर्व्यवहार गरेको ठहर गरी पाँच वर्षकैद सजाए तोकेको इजलास जुम्लाका रजिष्टार माधवप्रसाद पौडेलले बताए ।


मानदत्त रावल