यौन दुर्व्यवहार गरेको कसुरमा दुई वर्ष कैद सजायको फैसला

  २०८१ जेठ १४

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले शितगङ्गा नगरपालिका-१४ का २७ वर्षीय ओमप्रकाश न्यौपाने र सन्धिखर्क नगरपालिका-६ की ३९ वर्षीया विक्ष्णुमाया महत्रालाई दुई वर्ष कैद सजायको फैसला गरेको छ ।

न्यायाधीश श्री कृष्णजङ्ग शाहको ०८१ जेठ १३ गतेको इजलासले कसुर ठहर गर्दै दुई/दुई वर्ष कैद सजाय, २०/२० हजार रुपियाँ जरिबाना र ५०/५० हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालतका नायव सुब्बा रामप्रसाद आचार्यले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडित बालिकालाई न्यौपाने र महत्राले ०७९ असार ५ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले असार ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । न्यौपाने र महत्रालाई प्रहरीले सोही दिन गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण असार ५ गते अर्घाखाँची अस्पताल, सन्धिखर्कमा भएको थियो ।


कुलबहादुर नेपाली