यौन दुर्व्यवहार गरेको कसुरमा ६ महिना कैद सजाय फैसला

  ०८० चैत १९ गते

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश दल बहादुर केसीको ०८० चैत १८ गतेको इजलासले रैनादेवी छहरा गाउँपालिका-१ का ३३ वर्षीय डोल बहादुर कुमाललाई ६ महिना कैद सजाय र ७ हजार रुपियाँ क्षतिपुर्ति भराउने फैसला गरेको छ ।

पीडितलाई आरोपितले ०८० कात्तिक २९ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले कात्तिक ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी उजुरी दिएको थियो । आरोपितलाई प्रहरीले मङ्सिर १ गते घरबाटै गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण कात्तिक ३० गते पाल्पा अस्पतालमा गरिएको थियो ।


यज्ञमूर्ति तिमिल्सिना