यौन दुर्व्यवहार गरेको कसुरमा दुई महिना कैद सजायको फैसला

   ०७९ पुस २८ गते

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले सूर्योदय नगरपालिका–१० आरूबोटेका ३२ वर्षीय पर्वत राईलाई दुई महिना कैद सजायको फैसला सुनाएको छ ।

न्यायाधीश दीपककुमार दाहालको पुस २८ गतेको इजलासले कसुर गरेको ठहर गर्दै राईलाई दुई महिना कैद सजायको फैसला सुनाएको अदालतका सूचना अधिकारी फणिन्द्रराज भट्टराईले बताउनु भयो  ।

अदालतको सोही आदेशले कसुरदारबाट  पीडितले पाउने गरी १० हजार रुपियाँ क्षतिपूर्ति र २ सय रुपियाँ पीडित राहत कोषमा जम्मा भराउन आदेश भएको सूचना अधिकारी भट्टराईले बताउनु भयो ।

पीडित बालिकालाई ०७९ साउन २६ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध ०७९ साउन  २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

आरोपितलाई प्रहरीले ०७९ साउन २८ गते गिरफ्तार गरी सोही दिन जिल्ला अदालतमा बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन २८ गते गरिएको थियो ।


बविता मैनाली