यौन दुर्व्यवहार गरेको आरोपमा गिरफ्तार

१५ वर्षीय एक बालिकामाथि यौनजन्य दुर्व्यवहार गरेको आरोपमा चुलाचुली गाविस-७ का ५६ वर्षीय मनिकुमार भन्ने लाभे राईलाई प्रहरीले १ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई साउन १३ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले साउन १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

घटना लगतै फरार रहेका राईलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रुद्र चुडालले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन १४ गते जिल्ला अस्पतालमा गरिएको छ ।


कोकिला ढकाल