यौन दुर्व्यवहार गरेको आरोपमा गिरफ्तार
एक १५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा रुपन्देही प्रहरीले नेपाल आयल निगमको भैरहवा केन्द्रका प्रमुख ३५ वर्षीय चित्तरञ्जन दासलाई भैरहवाबाट भदौ ४ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपित दासले भदौ ३ गते यौन दुर्व्यवहार गरेको आरोपमा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी बुद्धिराज गुरुङले बताए ।
आरोपित दासले पीडित बालिकालाई यौन दुर्व्यवहार गरेपछि बालिका चिच्याएको स्थानीयले बताएका छन् ।
बालिका चिच्याएपछि छिमेकीहरूले दासलाई कुटपिटसमेत गरेका थिए । कुटपिट भइरहेको सूचनाका आधारमा घटनास्थल पुग्दा यौन दुर्व्यवहारका बारेमा थाहा पाएको गुरुङले बताए ।
पीडितको उजुरीको आधारमा हामी कारवाहीलाई अगाडि बढाएका छौ । यो विषयमा प्रहरीले अनुसन्धान गरिरहेको रुपन्देही प्रहरी प्रमुख बुद्धिराज गुरुङले भने ।
रीमा बिसी
सम्बन्धित समाचारहरू
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सिराहा जिल्ला लाहान नपा-१० स्थायी घर भई चौतारा साँगाचोकगढी नपा-५ स्थित स्वावलम्बन लघुवित्त कार्यालय चौताराका शाखा प्रमुख ४६ वर्षीय दिपक भूजेललाई असोज…
निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा सात जना गिरफ्तार
बानेश्वरस्थित निषेधित क्षेत्र तोकिएको संसद भवन अगाडि प्रदर्शन गरेको आरोपमा प्रहरीले असोज ४ गते सात जनालाई गिरफ्तार गरेको छ । प्रहरी वृत्त गौशालाका इन्स्पेक्टर लोकेन्द्र सिंह गुरुका अनुसार गिरफ्तार पर्नेमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका-३ का २३ वर्षीय एक युवकलाई असोज २ गिरफ्तार गरेको छ । पीडित युवतीलाई ०८१ साउन १५ गते बलात्कार गरेको आरोपमा पीडित…
जिल्ला अस्पतालमै छैन निःशुल्क वितरण गर्नुपर्ने ९२ प्रकारका औषधि
जिल्ला सदरमुकाममा रहेको जिल्लास्तरीय बेनी अस्पतालमा निःशुल्क रुपमा वितरण गर्नुपर्ने औषधिाको सहज आपुर्ति नहुँदा सेवाग्राही बिरामी समस्यामा परेका छन् । बेनी अस्पतालको हाताभित्र रहेको अस्पतालले सञ्चालन गरेको निःशुल्क औषधि वितरण…
बर्दिया अस्पतालमा एचडीयु र आइसीयु सेवा सञ्चालन हुन नसक्दा बिरामीलाई सास्ती
बर्दिया अस्पतालमा जनशक्ति अभावले अक्सिजन सहितको उच्चस्तरीय एचडीयु र आइसीयु सेवा सञ्चालन हुन नसक्दा बिरामीलाई सास्ती भएको छ । करिब साढे दुई करोडको लगानीमा बनेको एचडीयु र आइसीयु सेवा जनशक्ति…