यौन दुर्व्यवहार कसुरमा १ वर्ष ४ महिना कैद

  ०७९ चैत ९ गते

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा राजविराज नगरपालिका–९ गढियाका २३ वर्षीय धिरेन भनिने धिरेन्द्र सदालाई चैत ८ गते १ वर्ष ४ महिना कैद भएको छ ।
जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले सदालाई कसुरदार ठहर गर्दै १५ हजार रुपियाँ जरिवाना तिराउने र १५ हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसलाका साथै फौजदारी कसुर पीडित राहत कोषमा ४ सय रुपियाँ जम्मा गर्नुपर्ने सजाय समेत सुनाएको छ ।
आरोपितले राजविराज नगरपालिका–९ गढिया स्थित रामजानकी पोखरीको डिलमा २०७८ असोज १ गते राति बलात्कार प्रयास गरेको भन्दै पीडितकी ५५ वर्षीया हजुरआमाले जिल्ला प्रहरी कार्यालयमा ०७८ असोज २ गते उजुरी दिनुभएको थियो । पीडितकी आमा औषधि किन्न बजार गएका बेला भान्सा कोठामा सुतिरहेकी बालिकालाई आमाको अवैध सम्बन्ध हेर्न हिंड भनी आरोपितले पोखरी डिलमा लगेर बलात्कार प्रयास गरेको पीडितले बताउनु भयो ।
प्रहरीले ०७८ असोज २ गते आरोपितलाई गिरफ्तार गरेको थियो । जिल्ला प्रहरी कार्यालयले २०७८ असोज ४ गते उजुरी दर्ता ग¥यो । पीडितको स्वास्थ्य परीक्षण राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ०७८ असोज २ गते भयो । जिल्ला अदालतमा ०७८ कात्तिक ४ गते उजुरी दायर भएकोमा आरोपित कात्तिक ५ गते देखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।


मनोहरकुमार पोखरेल