यौन दुर्व्यवहार कसुरमा २३ दिन कैद सजायको फैसला
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुर ठहर गर्दै पीडितका ठुलो बुवा नाता पर्ने ३७ वर्षीय पुरुषलाई २३ दिन कैद सजायको फैसला भएकाे छ ।
न्यायधीश हरिश्चन्द्र ढुङ्गानाको ०८० असार ६ गतेको इजलासले कसुर ठहर गर्दै कैदसंगै ३० हजार रुपियाँ क्षतीपुर्ती तथा ५ हजार रुपियाँ जरिबानाको फैसला गरेको अदालतका श्रेस्तेदार मिनबहादुर कुँवरले जानकारी दिनु भयो ।
पीडित बालिकालाई आरोपितले २०७९ पुस ११ गते आफ्नै घरमा यौन दुर्व्यवहार गरेको आरोपमा पीडितकी आमाले २०७९ पुस १३ गते इलाका प्रहरी कार्यालय बेलचौतारामा उजुरी दिनु भएको थियो ।
प्रहरीले आरोपितलाई पुस १३ गते गिरफ्तार गरेको थियो । आरोपितलाई कारबाहीको माग गर्दै जिल्ला सरकारी वकिल कार्यालयले २०७९ माघ ५ गते जिल्ला अदालतमा बाल यौन दुर्व्यवहार सम्बन्धी मुद्दा दर्ता गरेकोमा अदालतले माघ ७ गते आरोपितलाई ६० हजार रुपियाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण २०७९ पुस १३ गते जिपि कोइराला अस्पतालमा भयो ।
प्रकाशचन्द्र भट्टराई
सम्बन्धित समाचारहरू
कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको छः प्रमुख न्यायाधीश भट्टराई
प्रमुख अतिथि पुनरावेदन अदालत पाटनको हेटौँडा इजलासका प्रमुख न्यायाधीश यमुना भट्टराईले लैङ्गिक हिंसा र असमान कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको बताउनु भयो । उहाँले न्याय प्राप्तिको लागि मानव…
मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध छौँः कानुनमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले प्रदेश सरकारले निर्माण गरेको कानुनको कार्यान्वयन गरी मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध रहेको बताउनु भएको छ । ७५ औँ…
हत्या घटनाका आरोपित गिरफ्तार
इटहरी उपमहानगरपालिका-१२ की ५० वर्षीया भूमिकाकुमारी चौधरीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २३ वर्षीय गणेश चौधरीलाई मङ्सिर २४ गते गिरफ्तार गरेको छ । भूमिकाका छोरासँग गणेशको विवाद भएको र…
मोरङ कारागारका एक थुनुवाको रहस्यमय मृत्यु, हत्याको आशङ्का
लेटाङ नगरपालिका-४ का ४० वर्षीय केशरबहादुर भुजेलको जिल्ला कारागारमा पुर्पक्षमा रहेको बेला रहस्यमय मृत्यु भएको छ । पीडित पक्षले कुटपिटका कारण भुजेलको मृत्यु भएको आरोप लगाएको छ । कारागार प्रशासनले बिरामी भएका…
दलित भएकै कारण वृद्धाश्रममा नराखेको आरोपमा सञ्चालक समिति अध्यक्ष गिरफ्तार
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) लाई दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोपमा प्रहरीले वृद्धाश्रम सञ्चालक समिति अध्यक्ष भुवनेश्वरी आर्चायलाई मङ्सिर २४…