यौन दुर्व्यवहार कसुरमा १२ वर्ष ६ महिना कैद सजायको फैसला
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले लिखु गाउँपालिका–४ का ६० वर्षीय कृष्ण पण्डितलाई १२ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश उमेशप्रसाद लुँइटेलको पुस ६ गते इजलासले उक्त फैसला सुनाएको हो ।
कैद सजायसँगै पीडित बालिकालाई २५ हजार रुपियाँ क्षतिपूर्ति भराउने पनि फैसला भएको अदालतका श्रेस्तेदार इन्द्रकुमार खड्काले बताउनु भयो ।
पीडितलाई ०७७ वैशाख ५ गते यौन दुर्व्यवहार गरेको आरोपमा पण्डितविरुद्ध पीडित पक्षले वैशाख ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण वैशाख ७ गते त्रिशूली अस्पतालमा गरिएको थियो । जिल्ला अदालतले आरोपितलाई ०७७ वैशाख ३० गते भएको थुनछेकको बहसपछि पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको थियो ।
नवदीप श्रेष्ठ
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिकाका–३ डोङ्पुरका २० वर्षीय आरजु चौधरीलाई ०८१ माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ १८ गते बलात्कार…
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीलाई मातृशोक
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीकी ममतामयी आमा चन्द्रावती अधिकारीको ९२ वर्षको उमेरमा २०८१ माघ ४ गते असामयिक निधन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डा. कुन्दन अर्यालद्वारा…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शिवराज नपा–६, पैकेबण्डाका ३० वर्षीय उमर थारु कुजडा विरुद्ध इलाका प्रहरी कार्यालय, चन्द्रौटामा ०८१ माघ २ गते उजुरी दर्ता भएको छ । पीडित महिलालाई…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मायादेवी गाउँपालिका–६ का २३ वर्षीय मनिष कुर्मीलाई प्रहरीले ०८१ माघ २ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २९ गते यौन दुर्व्यवहार…
सशस्त्र द्वन्द्वका पीडितको सेवा सुविधा कटौती नगर्न मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षण
सशस्त्र द्वन्द्वका पीडितलाई राहत, परिपूरण, न्याय र संस्थागत सुधारसँग जोडिएको भत्ता सुविधा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय भएकाले विगतदेखि पाउदै आएको सुविधालाई कटौती नगरी विगतमा जस्तै सुविधा यथावत पाउने गरी कार्यविधि…