यौन दुर्व्यवहार कसुरमा १ वर्ष ६ महिना कैद सजायको फैसला

आठ वर्षीया बालिका यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले खाँदबारी नगरपालिका-६ का ४४ वर्षीय  उत्तम विकलाई १ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको ०८१ वैशाख ६ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायको फैसला सुनाएको अदालतका श्रेस्तेदार रामचन्द्र केसीले बताउनु भयो ।

अदालतको सोही आदेशले कसुरदारलाई १० हजार रूपियाँ जरिबाना, राहत कोषमा ४ सय रूपियाँ जम्मा गर्न र २५ हजार रूपियाँ क्षतिपूर्ति भराउन आदेश भएको श्रेस्तेदार केसीले बताउनु भयो ।

पीडित बालिकालाई आरोपितले ०८० असार २४ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

आरोपितलाई प्रहरीले ०८० असार २५ गते गिरफ्तार गरी जिल्ला अदालतमा ०८० साउन १७  गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको ०८० साउन १७ गते  इजलासले आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०८० असार २५ गते गरिएको थियो ।


भविन कार्की