यौन दुर्व्यवहार कसुरमा १ वर्ष ६ महिना कैद सजायको फैसला
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले सिद्धिचरण नगरपालिका–९ का १९ वर्षीय उद्धव थापा मगरलाई १ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ ।
जिल्ला अदालतका न्यायाधीश टीकाराम आचार्य पुस २६ गतेको इजलासले कसुर गरेको ठहर गर्दै मगरलाई कैद सजायसँगै २० हजार रुपियाँ जरिबाना र २० हजार रुपियाँ क्षतीपूर्ति भराउन आदेश भएको अदालतका श्रेस्तेदार नविन खनालले बताउनु भयो ।
पीडितलाई आरोपितले ०७८ पुस ३० गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध
जिल्ला प्रहरी कार्यालयमा ०७९ जेठ १४ गते उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले जेठ १४ गते गिरफ्तार गरी जिल्ला अदालतमा ०७९ असार ६ गते यौन दुर्व्यवहार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।
जिल्ला अदालतका न्यायाधीश दलबहादुर केसीको असार ७ गतेको आदेशमा आरोपित १ लाख रुपियाँ धरौटी बुझाएर तारेखमा रिहा भएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ १४ गते गरिएको थियो ।
सरस्वती बानिया
सम्बन्धित समाचारहरू
नौ दिनदेखि धर्नामा बसेका अभियन्ता ईः को स्वास्थ्यप्रति संवेदनशील बन्न आयोगको आग्रह
फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापन गर्नु पर्ने मागसहित नौ दिनदेखि काठमाडौँ महानगरपालिका मेयरको कार्यालय अगाडि धर्नामा बसिरहनुभएका अभियन्ता ईः को स्वास्थ्यप्रति संवेदनशील बन्न राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ ।…
सहकर्मी कुटपिट घटनाको विरोधमा डाक्टरहरूद्वारा प्रदर्शन
पोखराको मणिपाल शिक्षण अस्पताल लगायत देशका विभिन्न ठाउँमा चिकित्सकहरूमाथि निरन्तर आक्रमण बढिरहेको भन्दै काठमाडौँमा डाक्टरहरूले प्रदर्शन गरेका छन् । सेतो कोट लगाएर प्रदर्शनमा उत्रिएका डाक्टरहरूले आक्रमणमा संलग्नलाई कडा कारबाही गर्नु…
विद्यालय शिक्षा विधेयकको विरोधमा राहत शिक्षक नौ दिनदेखि आन्दोलनमा
सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकमा आफ्ना मुद्दाहरू नसमेटिएको भन्दै सामुदायिक विद्यालयका राहत शिक्षक ०८० असोज २ गतेदेखि विभिन्न कार्यक्रम गर्दै आन्दोलनमा रहेका छन् । नेपाल राहत शिक्षक केन्द्रीय…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बहुदरमाई नगरपालिका–७ का ४५ वर्षीय सुशिल राउत कुर्मी विरुद्ध पीडितले जिल्ला प्रहरी कार्यालयमा २०८० असोज ५ गते दिएको उजुरी प्रहरीले असोज ७ गते दर्ता…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सन्धिखर्क नगरपालिका–१ बस्ने २० वर्षीय रामबहादुर पुनलाई असोज ८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असोज ७ गते बलात्कार गरेको भन्दै पीडित…