यौन दुर्व्यवहार कसुरमा नौ महिना कैद सजायको फैसला
१४ र १५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले मोलुङ गाउँपालिका-१ का ४२ वर्षीय योगेन्द्रप्रसाद धमलालाई नौ महिना कैद सजायको फैसला सुनाएको छ ।
जिल्ला अदालतका न्यायाधीश टीकाराम आचार्यको ०८० साउन २९ गतेको इजलासले कसुर गरेको ठहर गर्दै धमलालाई कैद सजायसँगै २० हजार रुपियाँ जरिबाना र ५०-५० हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका श्रेस्तेदार विनोदप्रसाद घिमिरेले बताउनु भयो ।
मोलुङ गाउँपालिका–२ स्थित गणेश माध्यमिक विद्यालय ढुस्केका प्रधानाध्यापक धमलाले ०७९ फागुन ३ गते दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध फागुन १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले फागुन १० गते गिरफ्तार गरी सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा ०७९ चैत ३ गते बालयौन दुर्व्यवहार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।
जिल्ला अदालतको आदेशमा धमला तारेखमा रिहा भएका थिए ।
पीडित बालिकाद्वयको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७९ फागुन १० गते गरिएको थियो ।
सरस्वती बानियाँ
सम्बन्धित समाचारहरू
म्यासेञ्जर च्याटको विषयमा बालिकामाथि कुटपिट
उर्लावारी नगरपालिका-४ थापाडाँगीकी १६ वर्षीया बालिका आयुष्मा बस्नेतलाई म्यासेञ्जर च्याटको विषयलाई उर्लावारी नगरपालिका-५ सूर्यचोकका २० वर्षीय यूनिक शिवाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । साथीको फेसबुक आइडी चलाएको…
यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…